कोरोना नेपालमा नआओस भन्दै लुम्बिनीमा शान्ति प्रार्थना « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

कोरोना नेपालमा नआओस भन्दै लुम्बिनीमा शान्ति प्रार्थना



काठमाडौं । विश्वव्यापी रुपमा ममहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा नआओस भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको सङ्घका सचिव पिन्टु कशौधनले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्