उपत्यका बाहिर दैनिक १ हजार कोरोना भाइरसको नमुना जाँच « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

उपत्यका बाहिर दैनिक १ हजार कोरोना भाइरसको नमुना जाँच



काठमाडौं । काठमाडौं उपत्यका बाहिर दैनिक एक हजार जनाको कोरोना भाईरसको जाँच हुने भएको छ । सरकारले आईतवार चिनबाट ल्याएका सामाग्रीहरु प्रदश सरकारलाई वितरण गरेपछि काठमाडौं उपत्यका बाहिर पनि करिव एक हजार कोरोना आशंका गरिएका विरामीको जाँच गरिने भएको हो ।

यो भन्ंदा अघि उनीहरुको स्वाव परिक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको थियो । जसले गर्दा ढिला रिपोर्ट आउने गरेको थियो । अव त्यस्तो समस्याको अन्त्य भएको छ ।

सरकारले तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नति गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्यावबाट जाँच सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरको लागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका मन्त्रालयले जनाएको छ ।

अन्य प्रदेशको लागि आइतवार चीनबाट आएका प्रोटेवल ल्याव पठाउने तयारी भएको छ । चीन बाट ल्याएको ५ वटै प्रोटेवल पिसिआर मेसिन सही अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोभिड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

मेसिन गएसँगै अवबउपत्यका बाहिरबाट दैनिक एक हजार जनासम्मको कोविड १९ को जान हुनसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्