उद्योग वाणिज्य सङ्घ पाँचथरद्वारा ‘खाद्य बैंक’ सञ्चालन « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

उद्योग वाणिज्य सङ्घ पाँचथरद्वारा ‘खाद्य बैंक’ सञ्चालन



काठमाडौं । उद्योग बाणिज्य संघ पाँचथरले खाद्य बैंक स्थापना गरेको छ । उद्योगी, व्यवसायी तथा अन्य सहयोगीहरुले स्वेच्छिकरूपमा खाद्य सामग्री तथा रकम जम्मा गर्नसक्ने उक्त खाद्य बैंक सञ्चालनमा ल्याएका हुन ।

सङ्घका अध्यक्ष दीपक नेपालका अनुसार स्थापना गरिएको उक्त खाद्य बैंकमा दाताहरुबाट खाद्यवस्तु चामल, दाल, नुन, तेल तथा नगद संकलन गरिने छ भन सङ्कलित खाद्य सामग्री र नगद सङ्घले जिल्लाका आठ वटै स्थानीय तहलाई समानुपातिकरूपमा उपलब्ध गराउने छ ।

शनिबार साँझसम्म खाद्य बैंकमा पाँच हजार ५०० किलो चामल, १५० किलो नुन, १६० लिटर तेल, १७५ किलो दाल र रु ९१ हजार नगद जम्मा भएको अध्यक्ष नेपालले जानकारी दिए ।

सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा निजी क्षेत्र समेत सामेल हुन उक्त पहलले सहयोग पुग्ने यहाँको निजी क्षेत्रको विश्वास छ । लकडाउनका कारण प्रभावित भएका विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्ने मजदुरको यहाँका स्थानीय तहले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । सङ्कलित तथ्याङ्कका आधारमा प्राथमिकता छुट्याई राहत वितरण गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्