विश्वभर दुई करोड नाघे कोरोना संक्रमित

काठमाडौं । नोभल कोरोना भाइरस कोभिड १९ बाट विश्वभर दुई करोड भन्दा बढी संक्रमित भएक छन ।
जोन्स हप्किन्स युनिभर्सिटीले सार्वजनीक गरेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ ।
त्यसमध्ये सबैभन्दा धेरै अमेरीकामा संक्रमित भएका छन । अमेरिकामा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेको छ ।
त्यस्तै ब्राजिलमा पनि कोरोना भाइरसका संक्रमितको संख्या ३० लाख नाघेको छ ।
भारतमा पनि कोरोना भाइरसका २२ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि सात लाख ३६ हजार १९१ पुगेको छ ।
त्यसैगरी अहिलेसम्म विश्वभर एक करोड २२ लाख कोरोना संक्रमित निको वा डिस्चार्ज भएइर घर फकेका छन ।