दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु « Arthapath.com
१० भाद्र २०७७, बुधबार

दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल ज्यान गएको छ ।
थाइराइड र उच्च रक्तचापबाट पिडित ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो ।


त्यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारकै क्रममा हिजो राती ज्यान गएको हो ।
यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
उनी मृगौलारोगी थिए ।


उनलाई पनी स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो ।उनको पनी हिजो राती मुत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्