महाराजगञ्जका थप २२ जना प्रहरी अधिकारीमा कोरोना

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।
मनमैजु हत्या प्रकरणमा पक्राउ परेका आरोपितलाई कोरोना भाइरसको संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।
त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।