विहिबार थप ११ सय ११ जनामा कोरोना, उपत्यकामा ३७७ जना थपिए « Arthapath.com
११ भाद्र २०७७, बिहीबार

विहिबार थप ११ सय ११ जनामा कोरोना, उपत्यकामा ३७७ जना थपिए



काठमाडौं । विहिबार थप ११ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
यो संगै जम्मा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ६९ जना निको भएका छन ।यो संगै हालसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ३७७ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।


त्यस्तै आज कोरोना भाइरसबाट ८ जनाको मुत्यु भएको छ ।यो संगै कोरोनाबाट मुत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्