धरानमा कोरोना संक्रमणबाट आमाछोराको ज्यान गयो

काठमाडौं । सुनसरीमा कोरोना भाइरसबाट आमा छाराको ज्यान गएको छ । धरान उपमहानगरपालिकामा एकै दिन आमा छोराको मुत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनीहरु आमा छोराको मुत्यु भएको हो ।
आइतबार विहान ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।
आमा छोरालाईनै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या शनिबार साँझ भर्ना गरिएको थियो ।
उनीहरुलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।