कोरोनाबाट वीरगञ्जमा थप दुई पुरुषको ज्यान गयो « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

कोरोनाबाट वीरगञ्जमा थप दुई पुरुषको ज्यान गयो



काठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलीरहेको कोभिड १९ बाट वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुष रहेको अस्पतालले जनाएको छ ।


बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा कोभिडबाट मुत्यु भएको हो ।


बाराका ६० वर्षीय पुरुषलाई भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पहिचान नखुलेका अर्का पुरुष सामान्य ज्वरो र कमजोरीको समस्या रहेको बताइएके छ ।
कोरोना भाइरसबाट वीरगञ्जमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्