बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा १ जनाको ज्यान गयो « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा १ जनाको ज्यान गयो



काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
दुर्घटनामा परी सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको ज्यान गएको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारामा खसेको थियो
त्यस्तै एम्बुलेन्स दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । विरामीसहितको एम्बुलेन्स दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा एम्बुलेन्स चालक २८ वर्षीय सरोज दाहाल, क्यान्सर बिरामी बरहथवा नगरपालिका–२ सर्लाहीका ५० वर्षीया दिल मायाँ राना मगर, ३४ वर्षीय नरबहादुर मगर र २६ वर्षीय मेक कुमारी राना मगर रहेका छन ।


प्रतिक्रिया दिनुहोस्