पूर्व न्यायाधीश चालिसेको कोरोना संक्रमणबाट ज्यान गयो « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

पूर्व न्यायाधीश चालिसेको कोरोना संक्रमणबाट ज्यान गयो



काठमाडौं । कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको ज्यान गएको छ ।
लामो समयदेखि मुटुको समस्या रहेका उहाँ उपचारका लागि गंगालाल अस्पतालमा भर्ना भएका थिए ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिँदा चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए ।
उनी पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना भएका थिए ।उनको उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्