धरानमा मृत्यु भएपछि एक पुरुषमा कोरोना संक्रमण पुष्टि « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

धरानमा मृत्यु भएपछि एक पुरुषमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । हिजो बेलुका मुत्यु भएक धरानका एक पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिका ११ का ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका कारण मंगलबार बिहान स्वाब संकलन गरिएको थियो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
उनलाई ज्वरो र निमोनियाको समस्या देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्