मंगलबार थप १ हजार ६९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

मंगलबार थप १ हजार ६९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु



काठमाडौं । मंगलबार कोरोना बाट थप १ हजार ६९ जना संक्रमित भएका छन ।
आज थप १ हजार ६९ जना कोरोनाका बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।

यो संगै नेपालमा जम्मा जनामा कोरोना संत्रमितको संख्या ४० हजार ५सय २९ पुगेको छ ।

त्यसैगरी आज वितेको २४ घण्टामा ७ सय ६८ जना निको भएका छन । यो संगै कोरोना निको भएर घर फकनेको संख्या २२ हजार १ सय ७१ जना पुगेको छ ।

त्यस्तै २४ घण्टामा थप ११ जनाको कोरोना भाइरस बाट मुत्यु भएको । यो संगै नेपालमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्