सरकार अलोकप्रिय बनाउन प्रतिपक्ष लागेको प्रधानमन्त्रीको ठहर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियता घटाउनका लागि विपक्षीहरू कुखुराको चल्ला जस्तै पछि लागिरहेको बताएका छन ।
गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना पनि गरेका छन् ।
संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । पछिल्लो समय सरकारले पेश गरेका मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयकहरू प्रतिपक्षी दलले विरोध गरिरहेका छन् ।