कोरोना विरुद्ध राष्ट्रपतिले दिइन् २ महिनाको तलब « Arthapath.com
१० चैत्र २०७६, सोमबार

कोरोना विरुद्ध राष्ट्रपतिले दिइन् २ महिनाको तलब



काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब दिने घोषणा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने घोषणा गरेको जानकारी दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।

उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्