ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दै गर्दा प्रतिष्ठित व्यापारी अग्रवाल पक्राउ « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दै गर्दा प्रतिष्ठित व्यापारी अग्रवाल पक्राउ



काठमाडौं । शंकर ग्रुपका भाइस प्रेसिडेन्ट तथा व्यापारी शुलभ अग्रवाल कालोबजारी गर्दैगर्दा पक्राउ परेका छन । अग्रवालले कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गनको आयात गर्दै आएका थिए ।

चिनबाट ल्याइएका सो थर्मल गर्न नेपाली बजारमा ५ हजारमा पाइन्छ । तर अग्रवालले १ थान थर्मल गनको १५ हजार लिइएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो । उनीसंग प्रहरीले ६६ थान गन सहित पक्राउ गरेको हो ।

अग्रवाल विभिन्न समय विभिन्न अनियमिततामा फस्दै आएपनि पैसाको आडमा पक्राउहुनबाट बचेका थिए । युनियन लाइफ इन्स्योरेन्समा अध्यक्ष रहेका अग्रवाल कोरोना जस्तो विपत्तीको बेलामा सरकारलाई सुको सहयोग नगरी उल्टै कालोबजरीमा लागेका हुन ।


प्रतिक्रिया दिनुहोस्