कालोबजारी शुलभ अग्रवाल ७ दिन थुनामै रहने « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

कालोबजारी शुलभ अग्रवाल ७ दिन थुनामै रहने



काठमाडौं । कोरोना भाइरसले मुलुक आक्रान्त बनिरहेको बेलामा विरामीको ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालोबजारी गर्दैगर्दा पक्राउ परेका प्रतिष्ठित व्यापारी शुलभ अग्रवाल ७ दिन जेलमै रहने भएका छन ।

प्रहरीले मंगलबार पक्राउ गरेका अग्रवाल जगदम्बा ग्रुपमा उपाध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्सका कार्यसमिति सदस्यसमेत हुन । प्रहरीले कालोबजारी ऐन अन्र्तगत शुलभलाई मुद्धा चलाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अग्रवाललाई ७ दिन थुनामै राख्न आदेश दिएको हो ।

६६ थान ज्वरो नाप्ने थर्मल गन सहित पक्राउ परेका अग्रवालले कालोबजारीको क्रममा कुटनितिक नियोगको गाडी प्रयोग गरेका थिए । ५ कजार पर्ने थर्मल गनलाई उनले १६ हजारमा विक्री गर्दै गर्दा सुराकीको आधारमा पक्राउ परेका हुन ।


प्रतिक्रिया दिनुहोस्