सांसद यादव, दुईपत्रकारसहित चारजना होम क्वारेन्टाईनमा बस्न आग्रह « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

सांसद यादव, दुईपत्रकारसहित चारजना होम क्वारेन्टाईनमा बस्न आग्रह



वीरगञ्ज। भारतको बिहार राज्यको रक्सौलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा स्थापित क्वारेन्टाईनमा बुधबार पुगेर फर्किनुभएका पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित सवारी चालक र दुईजना पत्रकारलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ ।

कोभिड–१९ ९कोराना भाइरस०को संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लक डाउनका कारण सीमा पारी भारतको स्थानीय प्रशासनले क्वारेन्टाईनमा राखेका १५ जना नेपालीलाई उहाँले भेट्नुभएको थियो ।

उहाँसहित सवारी चालक र २ जना पत्रकारहरुलाई समेत् होम क्वारेन्टाईनमा बस्न जिल्ला प्रशासन कार्यालय, पर्साले आग्रह गरेको हो ।

सांसद यादव लक डाउन भए पनि भारतको रक्सौलस्थित क्वारेन्टाईनमा पुगी १५ जना नेपाली नागरिकसहित २५ जनालाई सेनिटाइजर, मास्क, फलफुल, चिउरा, बिस्कुट, भुजिया, जुस र खानेपानी वितरण गर्नुभएको थियो । सांसद यादवसँग सवारी चालक र पत्रकारहरु पनि भारतको रक्सौलमा रहेको क्वारेन्टाईनमा पुग्नुभएको थियो

भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेकाले त्यसको क्वारेन्टाईनमा रहेका व्यक्तिहरु, त्यहाँका प्रहरी प्रशासन, स्वास्थ्यकर्मीसँग भेट गरेर फर्किनुभएकाले उहाँहरुलाई क्वारेन्टाईनमा राख्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, पर्सालाई निर्देशन दिएको छ । सोही निर्देशन अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमारले उहाँहरु सबैलाई फोन गरी होम क्वारेन्टाईनमा बस्न आग्रह गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले गोरखापत्रलाई बताउनुभयो ।

प्रजिअबाट होम क्वारेन्टाइनमा बस्न निर्देशन भएको छ, ‘कानुन सबैले मान्नुपर्छ, अब उहाँहरुले के गर्नु हुन्छ, त्यो हेरेर हामी अगाडि बढ्छौं । होम क्वारेन्टाईनमा बस्नु भएन, बाहिर हिँड्नुभयो भने अर्को क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउनुपर्छ’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो ।

‘कोही पनि सीमा पार गरेर जान नपाउने हो, उहाँहरु कसरी जानुभयो रु गएर आएपछि मात्र थाहा भयो अनि होम क्वारेन्टाईनमा बस्न भनिएको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो ।

लक डाउनका कारण नेपाल फर्किने क्रममा रोकिएर भारतको रक्सौलमा रहेको क्वारेन्टाइनमा रहेका १५ जना नेपालीको अवस्था बुझ्न भनेर बुधबार दिउँसो सांसद यादव, आफनो निजी गाडीमा रक्सौल पुगी साँझ वीरगञ्ज फर्किनुभएको थियो ।

लक डाउन उल्लंघन गरी सीमा पारी गएर फर्किएकालाई क्वारेन्टाइनमा राख्नुपर्ने भन्दै बिहीबार सामाजिक सञ्जालमा विभिन्न टिप्पणी सार्वजनिक भएपछि बिहीबार प्रजिअले चारैजनालाई फोन गरेर होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नु भएको खुल्न आएको हो ।

यता, भारतको रक्सौलको क्वारेन्टाइन रहेका १५ नेपाली घर जान नपाएर आत्तिएको र क्वारेन्टाइनबाटै भाग्न खोजिरहेको खबर पाएपछि उनीहरुलाई सम्झाउन पर्साका सिडिओसाबलाई जानकारी गराएरै आफू बुधबार रक्सौल गएको सांसद यादवले दाबी गर्नुभयो ।

‘मैले पर्साका सिडिओसाबलाई जानकारी गराएरै गएको थिएँ, तर आज सिडियोसाबले मिडियामा गएर आएपछि मात्र थाहा पाएको भनेर कुरा फेर्नुभएको छ ।’ सांसद यादवले भन्नुभयो ।

भारतको रक्सौलमा रहेको क्वारेन्टाईनमा रहेका रक्सौलका एसएसबिका कमान्डेन्ट राजकुमार कुमावत, प्रखण्ड विकास पदाधिकारी कुमार प्रशान्त, रक्सौल नगर कार्यपालिकाका अधिकृत गौतम आनन्द, भूमि उपसम्हारता मनिस कुमार लगायतसँग सांसद यादवसहितको टोलीले भेटघाट गरेको बताइएको थियो ।गोरखापत्र अनलाईन


प्रतिक्रिया दिनुहोस्