कोरोनाविरुद्ध नारायणकाजी श्रेष्ठले एक बर्षको तलव दिने

काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन् ।
उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेका हुन् । उनले सांसद विकास कोषको रकम पनि कोरोनाविरुद्ध खर्च गर्न प्रस्ताव गरेका थिए ।