केन्द्रीय प्रहरी प्रवक्तामा डिआइजी शाही

काठमाडौं । प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता बनेका छन्। उनी प्रहरी प्रधान कार्यालयअन्तर्गतको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेको थिए । आइतवार नै शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गराउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
” प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले आइतबार जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शाहीलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।
