बजेट ः कृषि र रोजगारी प्रथामिकता, करको दर नबढ्ने « Arthapath.com
१५ जेष्ठ २०७७, बिहीबार

बजेट ः कृषि र रोजगारी प्रथामिकता, करको दर नबढ्ने



काठमाडौं । मुलुक कोरोना भाइरसबाट आक्रान्त र्भराखेको अवस्थामा सरकारले आज ल्याउन लागेको बजेट विगतको भन्दाकेही फरक हुने भएको छ । सरकारको प्रथामिकता कृषिमा फामेकस गर्दै मुलुकभित्रै रोजगारी बढाउनेगरी बजेट आउन लागेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा प्रश्तुत गर्न लाग्नुभएको बजेटले कृषिमा अनुदान थप गरी बाँजो जमिन जोत्न र उत्पादन केन्द्रीत हुनेछ । साथै सरकारले कोरोना भाइरसका कारण धेरै विदेशीएका नेपालीहरु स्वदेश फर्किएको अवस्थामा नेपालमै रोजगारी सृजना हुनेगरी बजेट ल्याउन लागेको हो ।

आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि र राष्ट्रियसभाको बैठकमा अर्थमन्त्रीले बजेट प्रश्तुत गर्नेछन । अर्थमन्त्री खतिवडाले आजसहित तेस्रो पटक बजेट विनियोजन गर्न लागेका हुन । विज्ञ अर्थमन्त्री खतिवडाले कोरोनाका कारण थलिएको अर्थतन्त्र उकास्ने गरी बजेट ल्याउनुपर्ने चुनौती छ ।

बजेट ल्याउनुअघि अर्थविदहरुले मन्त्री खतिवडालाई ठुलो आकारको नल्याउन र कोरोनाको कारण थला परेको व्यावसायलाई संबोधन हुनेगरी ल्याउन सुझाव दिएका छन । यसवर्ष बजेटले कर्मचारीको तलव नबढ्ने निष्चित भएको छ भने सामाजीक सुरक्षा भत्ता पनि बढ्ने छैन ।

बजेटले करको दायर पनि नबढ्ने बताइएको छ । यसले व्यावसायीलाई केही राहात हुनेछ । कृषि, पर्यटन र रोजगारीमा केन्द्रीत बजेट आउन लागेको हो ।


प्रतिक्रिया दिनुहोस्