लकडाउनमै छापियो २ लाख स्मार्ट लाइसन्स « Arthapath.com
२० जेष्ठ २०७७, मंगलवार

लकडाउनमै छापियो २ लाख स्मार्ट लाइसन्स



काठमाडौं । सरकारले लकडाउनकै अवधमिा कतिपय जनताका अत्यआवश्यक काममा बाधा नपुर्याउने घोषण यसअघिनै गरिसकेको छ ।

यही मौकामा यातायात व्यवस्था विभागले स्मार्ट लाइसन्स छपाईलाई तिब्रता दिएको हो । लकडाउनकै विचमा सर्वसाधारणलाई लाइसन्स अभाव नहोस भनेर विभागले स्मार्ट लाइसान्स छपाइलाई तिब्रता दिएको हो ।

अहिले मास प्रिन्टरले दैनिक लाइसन्स छापिरहेको छ । मास प्रिन्टरले प्रतिघण्टा ५ सय कार्ड छापिरहेको छ । यसले लकडाउन लगत्तयै सबै सर्वसाधारणले लाइसन्स हातमा पुग्नेछ । यातायात विभागले अहिले दैनिक ५ हजारको दरले लाइसन्स छपिरहेको छ ।

लाइसन्स पास गरेका र नविकरणको लागी वेटिङमा बस्नेहरु धेरै छन तर लकडाउन खुल्ने वित्तिकै सबैलाई साइसन्स दिनेगरी विभाग लागिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्