आज एकै दिन २ सय ८८ मा कोरोना संक्रमण, २ हजार नाध्यो, (कुन जिल्लामा कति विवरणसहित) « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

आज एकै दिन २ सय ८८ मा कोरोना संक्रमण, २ हजार नाध्यो, (कुन जिल्लामा कति विवरणसहित)



काठमाडौं । नेपालमा आज कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजै थप २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाको संक्रमण फैलन नदिन सरकारले लकठाउन गरेको ७१ औं दिन २ सय ८८ जनामा थप कोरोना पुष्टी भएको हो । यो संख्या अहिलेसम्मकै उच्च हो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भन्दै केही खुकुलो बनाउने तयारी गरिरहँदा संक्रमितको संख्या बढ्न थालेको छ ।

त्यसैगरी काठमाडौं मेडिकल कलेजका कार्यरत ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार नियमित पत्रकार सम्मेलनमा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टी गरे स यो संगैं संक्रमितको संख्या २ हजार ६६ जना पुगिसकेको बताए ।

कुन जिल्लामा कति ?
सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्व १ नवलपरासी पश्चिमका १ नुवाकोटका २, रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्