कोरोना बिमा अव सरकारको सहयोगमा हुने « Arthapath.com
२३ जेष्ठ २०७७, शुक्रबार

कोरोना बिमा अव सरकारको सहयोगमा हुने



काठमाडौं । सरकारले गत जेठ १५ गते बजेट भाषण मार्फत कोरोना बिमामा गर्ने बताएको थियो । कोरोना बिमाको लागी सरकारले ५० प्रतिसत रकम अनुदानमा गरिदिने जनाएको छ ।

सोही अनुसार सरकार कोरोना बीमा आफै गराउने जनाएपछि बिमा समितिले हाल निर्जिवन बिमा कम्पनीले गर्दै आएको कोरोना बिमा स्थगित गरेको छ ।

सरकारको सहयोगमा बजेटले संबोधन गरे अनुसार कोरोना बिमा हुने भएपछि समितिले कोरोनाको पोलिसि नबेच्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

कोरोना बिमा पुनः सूचारु हुने भएको छ । बीमा कम्पनीहरुले दायित्व वहन गर्न नसक्ने र महामारीको रि–इन्स्योरेन्स गर्न नसक्ने भएपछि समितिलेनै स्थगित गरेको छ । अव सरकारले ५० प्रतिसत दायित्व को जिम्मेवारी लिनेगरी कोरोना बिमा पुन गरिन लागेको बिमा समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्