रुपन्देहीमा मध्येराती ५ जनाको विभत्स हत्या
काठमाडौं । गएराती रुपन्देहीको तिलोत्तमा पाँच जना सर्वसाधारणको बिभत्स हत्या भएको छ । तिलोत्तमा नगरपालिका–१० स्थित कान्छी बजारमा पाँच जनाको हत्या भएको हो ।
रुपन्देही–८ स्थित मैनहवामा रहेको रामबहादुर पुन र कृष्ण बहादुर पुनको गाइ फार्ममा काम गर्ने ३ जना सहित मैनहवाकै अन्य दुई जना युवकको गाइ फार्म भित्रै गएराती हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या हुनेमा फार्ममा काम गर्ने ४० वर्षे माधव मुसहर, पोखराज मुसहर र जानकी मुसहर छन । मैनहवाकै अन्य दुइ जना १७ वर्षीय युवकको पनि हत्या भएको हो । ५ जनाको एकै चिहान हुनेगरी कती कारणले हत्य भयो भन्ने खुली सेकेको छैन ।
हत्या कस्ले के कारणले गरेको भन्ने प्रहरीले खुलाइ सकेको छैन । बिहान गाइ फार्म संचालक पुग्दा पाँचै जनाको हत्या भएको अवस्थामा देखेपछि प्रहरीलाइ खबर गरेका थिए । पाँचै जनाको एकै ठाँउमा हत्या गरेको र घटना स्थलमा पुगेको प्रहरीले छानबिन सुरु गरेको छ ।