खुलेको बजारमा प्रहरीको घरपकड, किन बन्दैछ लकडाउन कडा
काठमाडौं । सदाझै भन्दा आज लकडाउन थप कडा भएको छ । सरकारले कोरोनाको जोखिम बढ्न थालेको भन्दै लकडाउन झन कडा बनाउन थालेको हो ।
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने कुरा गरिरहेकै बेला बजारमा सर्वसाधारणको भिड देखिन थालेको थियो । आज सडकमा प्रहरीले यात्रुलाई थप कडाइ गरेको छ भने बजार क्षेत्र पनि बन्द गराएको छ ।
व्यापारीहरुले खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा विवाद भएको छ ।
व्यापारीहरुले विहान ११ बजेसम्म बजार खोल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छलफल गरेपनि मंगलबार बिहानै प्रहरीले बजार खोल्न नदिएको एक व्यापारीले बताए ।