लगानी बोर्डको सिईओमा दौड सुरु, १५ दिनभित्र आवेदन दिनुपर्ने « Arthapath.com
५ असार २०७७, शुक्रबार

लगानी बोर्डको सिईओमा दौड सुरु, १५ दिनभित्र आवेदन दिनुपर्ने



काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को नियुक्ती प्रकृया अगाडी बढेको छ । सरकारले लगानी बोर्डको सिईओको लागी विज्ञापन गर्दे आगामी १५ दिनभित्र निवेदन दिन भनेको हो ।

लगानी बोर्डको सिईओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि गत चैत्रदेखीनै लगानी बोड सिईओ विहिन बनेको थियो ।

लगानी बोर्डको सिईओ बन्न हाल पुर्ननिर्माण प्राधिकरणको सिईओ रहेको शुशिल ज्ञावाली, राष्ट्रिय योजना आयोका सदस्य रहेका शुशिल भट्ट र कर्मचारी सञ्चय कोषका प्रशासक भैसकेका हाल आइक्यान का अध्यक्ष रहेका कृष्णप्रसाद आचार्य लागिपरेका छन ।

बोर्डको सिईओका ४ वर्षे कार्याकाल रहने व्यवस्था छन । सिईओको छनोट अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय कमिटिले गर्ने छ । जसमा अर्थमन्त्रीको साथै योजना आयोगका उपाध्यक्ष रहने व्यवस्था छ ।

आगामी १५ दिनभित्र आवेदन दिने म्याद तोकिएपछि सिईओ हत्याउन केही उम्मेदवारहरु लागिपरेका छन । शुशिल भट्ट चिनिया व्यापारी दिपकप्रकाश भट्टका दाजु हुन । उनि प्रधानमन्त्री तथा अर्थमन्त्रीको गृह जिल्ला झापाली हुन । त्यस्तै शुशिल ज्ञावाली प्रधानमन्त्री निकट मानिन्छन । त्यसैले पुर्ननिर्माण प्रधिकरण्मा प्रधानमन्त्रीकै जोडमा २ पटक नियुक्ती पाएका थिए । दुशै शुशिल इन्जीनियर हुन ।

अर्का प्रतिस्प्रर्धी कृष्ण आचार्य नेकपाका पाल्पाका सांसद सोम पाण्डेका ज्याँई हुन । उनि हाल चाटर्ड एकाउन्टेनहरुको संस्था आइक्याको अध्यक्ष रहेका छन । उनि कर्मचारी संचय कोषका प्रशाशक भएर चलाइसकेका र बैंक वित्तियसंस्थाहरुमा पनि संचालक भैसकेका व्यत्ती हुन । उनि अर्थमन्त्री डा युवराज खतिवडा निकट मानिन्छन ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भैसकेका मिनबहादुर श्रेष्ठ पनि बोर्डको सिईओको दौडमा रहेका छन । श्रेष्ठ प्रचण्ड निकट मानिन्छन । उनि राष्ट्र बैंकमा लामो समय रिचर्समा विताएकाले पनि बोर्डमा आउने इन्छा देखाएका हुन ।

सरकारले ठूला परियोजना लगानीका लागि बोर्डको गठन गरेको थियो । दश अर्व रुपैयाँभन्दा बढी लगानी बोर्डबाट हुादै आएको छ ।


प्रतिक्रिया दिनुहोस्