नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

काठमाण्डौ – विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ ले नेपालमा सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका छन् ।
पछिल्लो समय भारतीय च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा झुटा र भ्रामक प्रचार गरेको भन्दै विदेशी च्यानल बन्द गर्ने निर्णय गरीएको हो ।
उक्त निर्णय आज साँझदेखि कार्यन्यन भएको विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओ ले जनाएको छ ।
नेपालले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर गत वैशाख ७ मा नयाँ नक्सा जारी गरेयता भारतीय टेलिभिजन च्यानलले अतिरञ्जित विषय वस्तु प्रसारण गर्दै आएका थिए ।