नयाँ सवारी लाइसेन्सको ट्रायल दशैपछि खुल्ने
काठमाडौं । सवारी साधनको नयाँ लाइसेन्स ट्रायल दशैपछि मात्रै खुल्ने भएको छ । यातायात व्यवस्था विभागले अहिले ट्राइलको लाइसेन्स खोल्न नसकिने बताएको छ ।
कोरोनाका कारण बन्द रहेको नयाँ लाइसेन्सको अनुमती रोकिएको थियो । अव दशैपछि मात्रै खोल्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
अहिले लक डाउन आंसिक खुलेर सार्वजनिक यातायात समेत चल्न थालिसकेको अवस्थामा नयाँ लाइसेन्स खोल्ने तयारीमा भने विभागले चासो देखाएको छैन । अहिले यातायात कार्यालयहरुमा रिन्युको लागी पनि दैनिक हजारौंको भिड लाग्ने गरेको छ ।