सरकारको लापर्वाही र पितृसत्तात्मक कुरिती « Artha Path
११ भाद्र २०७७, बिहीबार

सरकारको लापर्वाही र पितृसत्तात्मक कुरिती



सरोज खनाल
एम.ए .समाजशास्त्र आर.आर क्याम्पस

के मानिसको ईमान साँच्चिकै डग्मगाएकै हो त ? के समाजले पुरूषलाईमात्र जिउने अधिकार दिएको छ र ? महिलाहरू के पुरूषकै खेलौनाको रूपमा जहिले पनि प्रस्तुत हुनुपर्ने किन ? यहाँ समाज मौन छ, अस्मितामाथि किचढ उछिट्टिएको छ । महिनावारी भएर बसेकी महिला, प्रसव पीडा सहेकी महिला, भख्खर पढ्न लेख्न सिक्न विधालय भर्ना हुन गएकी बालिका, हुँदा हुँदा भर्खर जन्मिएकी बालिकामाथि नै यौनशोषण गर्ने प्रयास भएको सुन्दा मन नै काँपेर डराउँछ । ती कलिला बालिका जसले भरखर आफ्नो जिन्दगीमा नयाँ सपनाहरू देख्न सुरू गरे, जसले हामीलाई यो संसारमा आएर रमाउने अधिकार दिए, जसले आफ्ना ती कोमल हातले आफ्ना सन्तानलाई खाना खुवाए, जसले आफ्नो दाजुभाईको आयु लामो होस् भनि भगवानसंग प्रार्थना गरे, जसले आफ्नो प्राण आफ्नो श्रीमानकै लागि निछावर गरे तिनै महान् महिलाहरू आज बलात्कारको शिकार बन्न पुगेका छन्। नारीलाई ईज्जतको दृष्टिले हेर्नु त कहाँ हो कहाँ, उल्टै उसको अस्मितामाथि ठेस पुराउन तत्पर हुन्छन् नरभक्षीहरू मानौँ उनीहरूको शरिर पहिले देखेकै थिएनन् । महिलालाई नराम्रो दृष्टि लाउनु पाप हो तर शरिर हेर्यो भन्दैमा नराम्रो दृष्टि लायो भनेर सोच्नु पनि गलत साबित हुन्छ ।

अहिले एक्काईसौँ शताब्दी चलिरहँदा मानिसको सोच कहाँबाट कहाँ पुगिसकेको छ । केही मानिसहरू अनुसन्धानका विषयमा अग्रसर छन् भने केही नारी र पुरूषका हक र अधिकारका विवादको मतभेदमा अग्रसर छन् । यौन तथा महिला हिंसा जस्ता विषयमा जति धेरै कुराहरू उठेका छन् र उठाईएका छन् त्यस विषयमा कसैले पनि निष्पक्ष निर्णय दिन सकिरहेको छैन । जति पनि यौन तथा महिला हिंसा भए, त्यसमा पुरूष नै धेरै संलग्न रहेको पाईएको छ । महिलाहरू कमै यस्ता कार्यहरूमा संलग्न छन्। महिलाहरूको पहूँच कहाँसम्म हुन सक्छ त्यो पुरूषको सोचले ठम्याउन सक्दैन। समाज पितृसत्तात्मक हुनु र पुरूषहरूको छाडातन्त्रले गर्दा नेपाललाई अहिले सतिले सरापेको देश भनेर पनि चिनिएको छ ।

नारीको हक अधिकारको हनन गर्ने, आफ्नो हैकम चलाएर घरभित्रै काम दलाएर राख्ने, नारीलाई शिक्षित गर्न नदिने, अधि बढ्ने मौका नदिने, आत्मबल बढाउन मदत नगराउने, जहिले मन लाग्यो तब यौन चाहनाले नारिको अपमान गर्ने, आत्मसुरक्षाको विधी नसिकाउने हुनाले आज देशमा यस्ता निच र अपराधिक कार्यकलापको स्थापना हुँदै थालनी हुँदै गईरहेको छ जसको जरा पितृसत्ताले एकदम कडा ढंगसंग लुकाएर राखेको छ ।

खाली बलात्कारले मात्र चित्त नबुझेर महिलालाई एसिडको प्रहार समेत गरिने गरेको छ । महिलाले पुरूषको प्रेम प्रस्ताव स्विकार नगरेको कारण एसिड प्रहार गरेर अनुहार कुरूप बनाईदिने एवम् बलात्कार पनि गरेर महिलाको जिन्दगी बर्बाद गरिदिने कार्य गर्दै आएको हामीले देखेकै छौँ । के यै निच सोचले त्यो मानसिकताले भरिएको मानिसको जिन्दगी सुखमय होला र ? अवश्य पनि मिल्दैन, हामी मानिस भएर गरेका प्रत्येक कार्य सानो अथवा ठूलो गल्ती गर्छौं । कुनै खुलेआम गर्छौँ भने कुनै लुकी लुकी गर्छौं तर जस्तो प्रकारको गल्ती गरेपनि भगवानको नजरमा त्यो अपराधै हुन्छ। मानिस यदि नकरात्मक कार्य गर्दै गए पछि भगवान् नै पृथ्वीमा आएर ती पापीहरूको संहार गरेको त हामीसंग रामायण र महाभारतको तथ्य नै छ जसलाई लुकाउन सकिँदैन । यसलाई उजागर गरि हेर्दा जति पनि मानिसले महिलाको अस्मिता माथी कुदृष्टी लगाएका छन् तिनीहरू मरेपछि त नरकको आगोमा जल्छन् नै तर बाँचुन्जेल पनि कुनै न कुनै प्रकारको दशाको शिकार हुने नै गर्छन् ।

जतिसुकै शिक्षा लिएको परिवार भएपनि हाम्रो समाजमा अझै पनि रूढीवादी परम्पराले स्थान लिईरहेको छ । महिनावारी हुँदा पुरूष जस्तै बुवा, दाजुभाईको अनुहार हेर्न नहुने तर कहिलेकाहीँ तिनीहरूबाटै छोरी चेलीबेटीको ईज्जत जान सक्ने जोखिम हुन सक्छ र त्यो सानो सानो कुरालाई हामी नजरअन्दाज गरेर लापर्वाही गर्छौ र त खतरा अझ बढ्न जान्छ । छोराको चाहना गर्ने परिवारले हरेक घरमा छोरीको पनि उत्तिनै चाहना गरेको भए यौन हिंसा कम हुन सक्ने सोच्न सकिन्छ तर यहाँ देश र समाजले बढी बन्दा बढी पुरूष नै जन्माउने आशा गर्छ र महिला जन्मिए गर्भपतन गराउन वाध्य बनाउने समस्या सृजना हुन जान्छ । हाम्रो समाज यस्तो छ जहाँ सार्वजनिक यातायातमा जानी जानी भीडको फाईदा उठाएर महिलासंग त्यस्ता मानसिकताका पुरूषहरू ठोक्किन पुग्छन् र गोप्य अंगमा समातेर आफूलाई आरोप ठहराईएमा उल्टै महिलाकै चरित्रमाथि शंका गर्न पुग्छन् ।

समाज यतिसम्म गिरिसक्यो कि पुरूष शारिरिक तवरले बलियो र महिला कमजोर अनि मानसिक रूपले महिला पुरूष भन्दा बलियो हुन्छन् भन्ने कुरालाई न्याय दिलाउन सक्दैन । महिलाहरूलाई आफू बसेको ठाउँबाटै कोही साथ नभएको मौका छोपेर अपहरण गरी एकान्तमा लगेर बलात्कार गरी मारेर लास बनाएर फ्यालिन्छ र अझै पनि हाम्रो समाज, देश, कानुन, सरकार यसको विरूध्द केही गर्न सक्दैन र मौन बस्छ। बलात्कारको शिकार भएकी, मारेएकी र एसिड प्रहार गरेर कुरूप भएकी महिला चेलीबेटीको परिवारले रूनु बाहेक केही औचित्य देख्दैनन् ।

न्याय पाउन अदालत पुलिस कहाँ गएपनि अपराधीलाई पैसा खुवाएर छुटाईन्छ तर निर्दोष चेली अथवा महिलालाई न्याय मिल्दैन । निर्मला पन्त, एक १३ वर्षकी सानी नानीलाई गरिएको बलात्कार र पछि मारिएको घटना भए पनि आजसम्म उनले न्याय पाएकी छैनन् र उनलाई त्यो पीडा दिने नरपिचासहरूले पनि सजाय पाएका छैनन् । उनीहरू खुलेआम नडराई बाटोमा हिँडिरहेका छन् । हाम्रो देशमा यस्तै कयौँ निर्मला होलान् जसले कानूनको ढोका ढक्ढकाएर पनि न्याय पाएका छैनन् । कसैले पैसाको आडमा भित्रभित्रै डर देखाएर दबाएका पनि होलान् । बलात्कारीले आमा, दिदीबहिनी, छोरी, श्रीमती केही सोच्दैन र अरूलाई पीडा दिनेमात्र काम गर्छ त्यसैले महिलाहरू आजसम्म असुरक्षित छन् । यस्तै तरिकाले बलात्कारीहरू खुलेआम हिँडेपछि आम नेपाली चेलीबेटीहरूलाई न्याय खोई त सरकाररु अनि पिडित चाहिँ लुकेर हिँड्नुपर्ने कहिलेसम्म ?
निर्मला जस्ता कयौँ नारीहरूले न्याय कहिले पाउने ? जतिसुकै हामी नेपाली जनताले निर्मला र निर्मला जस्ता कयौँ पिडित नारीहरूको लागि आवाज सामाजिक संजालबाट उठाइरहेका छौँ, सरकारले हाम्रो आवाज कहिले सुन्नेरु भर्खरको कुरा हो एउटी १०/११ महिनाकी नानीलाई आफ्नै २७ वर्षे अंकलले बलात्कार गरिदिए तर उपचारको क्रममा ती नानीको मृत्यु भयो । आखिर यस्ता अपराधीहरूलाई कहिलेसम्म बचाएर राख्छौ सरकार ? देशको संविधानमा फाँसीको व्यवस्था किन हटाईएको भनेर म आश्चर्यमा पर्छु ।

आखिर किन कानुन पैसामा बिकेकोरु आखिर कहिलेसम्म हामीले सुन्नै नसकिने, मनले थाम्नै नसकिने दर्दनाक खबर मनमा दबाएर राख्नुपर्नेरु आखिर कहिलेसम्मरु महिला पुरूषहरूभन्दा शारिरिक रूपले कमजोर भयो भन्दैमा मानसिक रूपले पनि अशक्त बनाएर यौन शोषण गर्न पाईन्छ ररु न्यायको अर्धकट्टि किन पुरूषकै हातमा मात्रै थमाएको कानुनलेरु न्याय गर्नुको सट्टा उल्टै महिलाको चरित्रको शंका गर्ने पितृसत्तात्मक समाजले अपराधीलाई लुकाएर कुनैपनि ज्ञान र आशाको किरण बाँकी राखेको छैन । प्रश्नहरू धेरै उठिएपनि नारीको अस्मितामाथि झन् दिन प्रतिदिन तिखो प्रहार हुनुको साथै न्यायको अंकुर विलोप हुँदै गईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्