५१ करोड अनियमितताको आरोपमा शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

५१ करोड अनियमितताको आरोपमा शरदविक्रम राणाविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं । अख्तियारको कार्यालयमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणामाथि उजुरी परेको छ । उनीमाथि भ्रष्टाचारविरोधी अभियानकर्ताको रुपमा आफूलाई चिनाउने वानेश्वरकी शारदा भुषाल (झा) र गीता ढकालले मुद्या दर्ता गराएकी हुन् ।

उनले नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष हुँदा विराटनगरको ट्रान्स नेपाल प्रा.लि. र वीरगञ्जको हिमालय टर्मिननल प्रा.लि.सँग गरेको पुरक करार सम्झौता गैरकानूनी भएको र यो सम्झौताले राज्यकोषको करोडौं गुमेको भन्दै उजुरी भएको हो ।

उक्त सम्झौता गर्ने राणा र तात्कालिन समयमा समितिसँग आवद्ध रहेको युवक डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दामा उजुरी परेको हो ।

उनीहरुले यस्तो उजुरी अख्तियारबाहेक राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदको सार्वजनिक लेखा समिति, वित्तीइ जानकारी इकाईमा समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्