बागलुङको ढोरपाटनमा व्यापक पहिरो, मृत्यु हुनेको संख्या ९ पुग्यो « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

बागलुङको ढोरपाटनमा व्यापक पहिरो, मृत्यु हुनेको संख्या ९ पुग्यो



काठमाडौं । ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार १३ जना बेपत्ता छन्।

राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ।

अहिलेसम्म बाढीमा परेर मृत्यु भएका नौ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। मृतकमध्ये तीन जना पुरुष र एक बालिकासहित ६ जना महिला छन्। जसमा एक महिलाको भने सनाखत भएको छ।

२ दिनदेखी परेको अविरल बर्षाका कारण आएको बाढीले झण्डै १ दर्जन घर बगाएका छन भने १२ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । मध्यरातमा खोलामा आएको बाढीले ठुलै क्षती गरेको भएपनि यकिन विवरण आएको छैन । स्थानिय एक बस्तीनै बगाएकाले धेरै जनधनको क्षती भएको अनुमान छ ।

पहिरोले पर्यटकिय ढोरपाटनमासमेत क्षती पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्