बिहीबार १४९७ मा कोरोना देखियो, उपत्यकामा ७५५ जना संक्रमित, १७ जनाको कोरोनाले ज्यान लियो « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

बिहीबार १४९७ मा कोरोना देखियो, उपत्यकामा ७५५ जना संक्रमित, १७ जनाको कोरोनाले ज्यान लियो



काठमाडौं । बिहीबार नेपालमा १ हजार ४ सय १९ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यकामा ७ सय ५५ जनामा कोरोना देखिएको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै आएको छ । देशभर कुल संक्रमिको संख्या ६९ हजार ३ सय १ पुगेको छ । बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएका छन ।

त्यस्तै कोरोनाले आजै मात्रै १७ जनाको ज्यान लिएको छ । यो मृत्यू सर्वाधिक रहेको छ । त्यसैगरी मर्नेको संख्य ४ सय ५३ जना पुगेका छन । पछिल्लो २४ घण्टामा १७ जना मरेका छन ।


प्रतिक्रिया दिनुहोस्