प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङ तोकियो, विष्णु पौडेलको पराजय

काठमाडौं । नेकपाका २ अध्यक्षविच शुक्रबार विहान भेटवार्ता भयो । दुई अध्यक्षले प्रदेश राजधानी दाङको भालुवाङ ताकिएको छ । प्रदेश ५ का मुख्य मन्त्री एवम् नेकपाका इन्चार्जसमेत रहेका शंकर पोखरेल पनि दाङकै हुन ।
त्यस्तै प्रदेशको नाम पनि लुम्बिनी राख्ने निर्णय भएको छ । प्रदेश सभामा पार्टीका दुई नेताको आग्रहमा सरकारले गरेको निर्णयानुसार आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पेश गरेका छन ।
नेकपाका दुई अध्यक्षले प्रदेशको राजधानी दाङको भालुवाङलाई तोकेपछि पार्टी महासचिव विष्णु पौडेल तनावमा परेका छन । प्रदेश राजधानी बुटवल बनाउने भन्दै भोट मागेका पौडेल अन्तत २ अध्यक्षको पेलाइमा परेका छन ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने शंकर पोखरेलको जोडवलमा प्रदेश राजधानी दाङ लगिएपछि पौडेल पेलाइमा परेका छन । पुर्व माओवादीले पहिलेदेखीनै दाङलाई प्रदेश राजधानी बनाउने माग अघि सारेका थिए ।
यसअघि पौडेलकै आग्रहमा प्रदेशको अस्थायी राजधानी बुटवल तोकिएको थियो । झण्डै साँढे २ वर्ष प्रदेश राजधानी रहिसकेको बुटवलबाट दाङ सार्ने निर्णयले थप आन्दोलन हुनसक्ने जनाइएको छ ।