फेरी ओरालो लाग्यो सुन, एकैदिन ८ सयले घट्यो « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

फेरी ओरालो लाग्यो सुन, एकैदिन ८ सयले घट्यो



काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ८ सयले घटेर छापावाल सुन ९४ हजार १ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । त्यस्तै बुधबार सुन ८ सयले नै घटेका हो ।

त्यस्तै आज चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी २५ रुपैयाँले घट्दै १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्