नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने विश्व बैंकको प्रक्षेपण « Arthapath.com
२२ आश्विन २०७७, बिहीबार

नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
आज सार्वजनिक गरिएको विश्व बैंकको अर्धवार्षिक अपडेटका अनुसार सन २०२० मा शुन्य दशमलव २ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि २०२१ मा शुन्य दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कोरोनाको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै खतरनाक मन्दीमा डुबेको हो ।
विश्व बैंकले गरेको प्रतिवेदनमा कोभिडका कारण दक्षिण एसियाको अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको जसका कारण दक्षिण एशियाली मुलुक चरम गरीबीमा धकेलिदैं गएको छ ।


प्रतिक्रिया दिनुहोस्