३० हजार ठाउँमा निःशुल्क इन्टरनेट पुर्याउने, वल्र्डलिङ्क र फेसबुकबीच सहकार्य « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

३० हजार ठाउँमा निःशुल्क इन्टरनेट पुर्याउने, वल्र्डलिङ्क र फेसबुकबीच सहकार्य



काठमाडौँ । सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पुर्याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पु¥याउने योजना पनि सार्वजनिक भएको छ ।


विश्वभर गुणस्तरीय वाईफाई पुर्याउने लक्ष्यसाथ फेसबुकले सुरु गरेको एक्सपे्रस वाईफाई अभियानअन्तर्गत नेपालमा वल्र्डलिङमार्फत आफ्नो पूर्वाधार प्रयोग गर्न दिन फेसबुक सहमत भएको हो । सात महिनाअघि नै दुई कम्पनीबीच सम्झौता भए पनि बुधबार एक भर्चुअल कार्यक्रममार्फत औपचारिक सहकार्यको घोषणा गरिएको हो ।


सहकार्यअनुसार दुई वर्षअघि देखि सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध गराइरहेको वल्र्डलिङ्कलाई फेसबुकले आफ्नो ‘प्ल्याटफर्म’ दिनेछ । त्यसकै उपयोग गरेर फेसबुकले इन्टरनेट निःशुल्क इन्टरनेट विस्तार गर्नेछ । यसअघि १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषणा गरिसकेको वल्र्डलिङ्कले अहिलेसम्म सात हजार पाँच सय स्थानमा फेसबुकको एक्सपे्रस वाईफाई प्रयोग भएको जनाएको छ ।


सार्वजनिक स्थानमा झन् सहज र गुणस्तरीय इन्टरनेट उपलब्ध गराउने उद्देश्यलाई यो सहकार्य सहयोगपुर्याउने वल्र्डलिङ्कका प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताउनुभयो । हामीसँग इन्टरनेट त भयो तर त्यसलाई म्यानेज गर्न प्ल्याटफर्म भएन, त्यसैले फेसबुकसँग सहकार्य गरेका हौँ । सार्वजनिक स्थानमा वाईफाई व्यवस्थापनमा फेसबुकले धेरै काम गरिसकेकाले यो कम्पनीका लागि पनि राम्रो अवसर भएको उहाँको भनाइ छ ।


फेसबुकको पूर्वाधार प्रयोग गरेर उपलब्ध गराइने यस्तो इन्टरनेटका लागि उपलब्ध स्थानमा एकपटक दर्ता गरिसकेपछि अर्कोपटक गर्नु नपर्ने सुविधा थप भएको छ । त्यस्तै यसअघि मोबाइल फोनमा मात्र ओटीपी आउने व्यवस्था भएकामा सहकार्यपछि ह्वाट्सएप प्रयोगकर्तालाई सोही एपबाट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।


निःशुल्क वाईफाई उपलब्ध गराइएका यस्ता स्थानमा प्रयोगकर्ताले तोकिएको समयसम्म निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्छन् । पुनः प्रयोगका लागि फेरि उपयोग गर्नसक्ने गरी सुविधा पनि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले मासिक पाँच लाख प्रयोगकर्ताले यस्तो सुविधा प्रयोग गरिरहेका छन् ।

भर्चुअल कार्यक्रमको क्रममा फेसबुकका अमित सिंहले नेपाली प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेटपुर्याउने र यसबाट थप सहयोग पुग्ने बताउनुभयो । भविष्यमा पनि इन्टरनेट पहुँच विस्तारमा कम्पनीसँग थप काम हुनसक्ने उहाँले जानकारी दिनुभयो । गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्