सोमबार सुनको मूल्य स्थिर, चाँदीको भाउ १० रुपैयाँले बढ्यो

कठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।आज सुन आइतबारकै मूल्य तोलामा ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । यसदिन चाँदी प्रतितोला एक हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो केहि समय यता सुन तथा चाँदीको भाउ बढिरहेको छ ।