बिष्णु पौडेलले सम्हाले अर्थ मन्त्रालय, गरे यस्तो निर्णय « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

बिष्णु पौडेलले सम्हाले अर्थ मन्त्रालय, गरे यस्तो निर्णय



काठमाडौं । नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन् । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन् ।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

पदभार सम्हाल्नुअघि उनीसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको सपथ लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्