२८२४ जना कोरोना संक्रमित, उपत्यकामा १६२२ थपिए, ३७२० जना डिष्चार्ज भए « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

२८२४ जना कोरोना संक्रमित, उपत्यकामा १६२२ थपिए, ३७२० जना डिष्चार्ज भए



कठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २८२४ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी कुल संक्रमित मध्ये झण्डै आधा संक्रमित उपत्यकामा देखिएका छन । उपत्यकामा १६२२ जनामा कोरोना देखिएको छ । त्यस्तै आइबतार ३६२० जनाले कोरोना जितेका छन ।

जम्मा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६८ जना पुगेका छन । १ लाख ३४ हजार ८३२ जनाले कोरोना जितेका छन ।

सरकारले काठमाडौंमा उच्च सुरक्षा अपनाउन आग्रह गरेको छ । काठमाडौंलगायत देशका ठुला शहरमा संक्रमितको संख्या बढेको भन्दै सरकारले उच्च स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ ।त्यस्तै बितेको २४ घण्टामा कोरोनाबाट २३ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्