प्रचण्ड–नेपाल पक्षले ओलीलाई गलाउलान ? अन्तत शुक्रबार बस्ने भयो नेकपा सचिवालय « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

प्रचण्ड–नेपाल पक्षले ओलीलाई गलाउलान ? अन्तत शुक्रबार बस्ने भयो नेकपा सचिवालय



काठमाडौं । नेकपाको सचिवालय बैठक अन्तत बस्न लागेको छ । लामो समयदेखी सचिवालय बैठकको माग गर्दै आएका नेपाल कम्युनिष्ठ पार्टीका नेताहरुविचको सहमती जुटेपछि सचिवालय बैठक बोलाइएको हो ।

नेकपाका दुई अध्यक्षविच देखिएको विवाद अन्तत मिल्ने प्रक्रियामा रहेको देखिएको छ । बैठक छल्न प्रधानमन्त्री बुधबार किमाथान्ङका पुगेका थिए । दुई अध्यक्षविच सहमती नभएपनि बैठक आह्वान गर्न अध्यक्ष ओलीले पार्टी महासचिव विष्णु पौडेललाई आदेश दिएका हुन ।

अन्ततन नेकपाको लामो रसाकस्सीविच पार्टी सचिवालयको बैठक भोली शुक्रबार बस्न लागेको छ । प्रधानमन्त्री बैठक बोलाउन नहुने र प्रचण्ड नेपाल पक्ष बैठकमा बहुतम पुर्याएर ओलीलाई गलाउने दाउमा रहेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि बैठकनै हुन नदिने भैहाले पनि अनेक बहानामा बाहिरिने संभावना रहेको छ । उता प्रचण्ड नेपाल पक्षले भने ओलीलाई गलाएर सचिवालयमै राजिनामा माग्ने सोच बनाएका छन ।

शुक्रबार नेकपाको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार अपरान्ह पा्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्