प्रधानमन्त्रीले उद्योगीलाई भने ‘नेपालमै लगानी गर्नुहोस्, रोजगारी सृजना गरौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै लगानी गरी उत्पादन बढाउन र रोजगारी सृजना गर्न आग्रह गरेका छन । बिहीबार प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई नेपालमै लगानी गर्न र नेपालमै रोजगारी सृजना गर्न आग्रह गरेका छन । ‘हामी उपभोक्ता मात्रै बन्यौं’ उत्पादक बन्न नसके देश नबन्ने भन्दै प्रधानमन्त्रीले बाहिर लगानी नगर्न व्यापारीहरुलाई आग्रह गरे ।
सरकारी सार्वजनिक र निजी क्षेत्र मिलेर मात्रै अर्थतन्त्रलाई कसरी पहिलोकै अवस्थामा फर्काउन सकिने भन्ने बारेमा समिक्षा गर्न प्रधानमन्त्रीले व्यावसायीहरुलाई आग्रह गरेका छन । नेपाली उद्यदोगहरुले कहिले भुकम्प कहिले नाकाबन्दी त कहिले कोरोनाको कहर भोग्दै आएको भन्दै उत्पादन बढाएर निर्यात गर्नतर्फ लाग्न प्रधानमन्त्रीले व्यावसायीहरुलाई आग्रह गरेका छन ।

कोरोनाको खोप आइसकेको अवस्थामा अव व्यावसाय निर्धक्क भएर गर्न आग्रह गरेका छन ।
नेपालमा रोजगारी सृजना गर्नुहोस सरकारले काननुनै बदलेर भएपनि व्यावसायीक समस्या हल गर्न तयार रहेको प्रधानमनत्रीले बताएका छन । प्रधानमन्त्रीले सरकारको क्षमता अनुसार सहुलियत दिएको पनि बताए ।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले अहिले ४ प्रतिसत उद्योगमात्रै पुर्ण रुपमा संचालन भएको बताइन । देशभर ३१ प्र्रतिसत उद्योग पुर्णरुपमा बन्द हुँदा बेरोजगारी बढेको बताइन । महासंघको ५४ औं साधारणसभाको बन्दसत्र भोली शुक्रबार हुनेछ भने नेतृत्व चयनको निर्वाचन शनिबार हुने छ ।