महासंघ चुनावः वस्तुगततर्फ १०१ मतदातामा साढे १२ बजेसम्म ५८ वटा भोट खसे « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

महासंघ चुनावः वस्तुगततर्फ १०१ मतदातामा साढे १२ बजेसम्म ५८ वटा भोट खसे



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा अन्तर्गत टेकु स्थित महासंघको केन्द्रीय कार्यालयमा वस्तुगत तर्फको भएको मतदानमा ५७ प्रतिशत मत खसेको छ । वस्तुगत संघतर्फ १०१ मतदाता रहेकोमा साढे १२ बजेसम्म ५८ वटा भोट खसेको जनाएको छ । ४३ वटा मत खस्न बाँकी रहेका छन् ।

वस्तुगत उपाध्यक्षतर्फ किशोर प्रधान समुहबाट अञ्जन श्रेष्ठ र चन्द्रप्रसाद ढकाल समहुबाट उमेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।

वस्तुगत संघतर्फ कार्यकारीणी सदस्य पदका लागि कुल १४ पदका लागि २९ जना चुनावी प्रतिस्पर्धामा छन्। । महासंघको नयाँ कार्यसमिति चयनका लागि शनिबार मतदान जारी छ । महासंघको चुनाबका लागि तीन ठाउँमा मतदान हुँदै छ । जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भईरहेको छ ।

कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना उमेदवार चुनावी मैदानमा छन्। ।

निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नेछन् ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्। ।


प्रतिक्रिया दिनुहोस्