महासंघ निर्वाचनः जिल्ला नगरतर्फको शतप्रतिशत भोट खस्यो, मत गणना प्रज्ञा प्रतिष्ठानमा हुने, अन्य विवरण यस्तो छ « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

महासंघ निर्वाचनः जिल्ला नगरतर्फको शतप्रतिशत भोट खस्यो, मत गणना प्रज्ञा प्रतिष्ठानमा हुने, अन्य विवरण यस्तो छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारणी समितिको निर्वाचन अन्तर्गत जिल्ला नगर तर्फको मतदान सम्पन्न भएको छ ।

कमलादी प्रज्ञा भवन भएको उक्त समूहको निर्वाचनमा मतदान दिँउसो २ बजे सम्पन्न भएको हो । जिल्लानगर तर्फ कुल १०५ मध्ये १०५ मत खसेको छ ।

महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको भोटको वेटेज ५० प्रतिशत हुन्छ । जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठ र प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन् । त्यस्तै, वस्तुगत तर्फ ९० भोट र एशोसियटतर्फ ८ सय ६० बढी भोट खसिसकेको छ । मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।

तीनै स्थानको मतगणना प्रज्ञा भवन कमलादीमै हुने

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारणी समितिको निर्वाचनको तीनै समूहको मतगणना प्रज्ञाप्रतिष्ठानमा हुने भएको छ ।

निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार भएको तीनै स्थानको मतगणना एकै स्थानमा हुने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्