नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्षलाई ७ दिन थुनामा राख्न अनुमति « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्षलाई ७ दिन थुनामा राख्न अनुमति



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार काठमाडौं चण्डोलस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

पक्राउपछि जिल्ला अदालत भक्तपुरले न्यौपानेलाई सिआईवीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कलेजको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएपछि फरार भनिएका कलेज सञ्चालकमध्येका एक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्