एफएनसीसीआई पदाधीकारीसंग अर्थमन्त्री पौडेलले भने ‘मौद्रिक नीति परिमार्जन हुन्छ’
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुलाई बधाई दिन अर्थ मनत्रालए बोलाएका छन । सरकार निजी क्षेत्रसंग मिलेर जाने भन्दै मन्त्री पौडेलले व्यावसायीका समस्याहरुबारे छलफल गरेका हुन ।
उद्योगी व्यापारीसंगको भेटमा मन्त्री पौडेलले कोरोनाको कारणम पछि परेको औद्योगिक क्षेत्र माथी उठाइने बताए । उनले व्यावसायीलाई सरकारले विभिन्न माध्यमबाट दिएको छुटमा केही हेरफेर गर्न सकिनेसमेत बताए ।
अर्थमन्त्रीले कोरोनाको कारण प्रभावीत बनेको औद्योगिक क्षेत्रको प्रभाव व्यूनिकरण गर्न सरकारले मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिए बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले राखेका समस्याहरुबारे प्रतिउत्तर दिँदै मन्त्री पौडेलले बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्पर रहेको बताए ।
निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । मन्त्री पौडेलले निजी क्षेत्रलाई रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्ववपूर्ण भूमिका रहेको बताए । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन मन्त्री पौडेलले भने ।
कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिए । महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले व्यावसायीले भोग्दै आएका समस्याहरुबारे मन्त्रीलाई अवगत गराएका थिए । भेटमा महासंघको बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाईलगायतको उपस्थिती रहेको थियो ।