नेकपामा प्रचण्ड भन्दा माधव–झलनाथ किन भए ओली विरोधी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको १७ गतेको लागी तय भएको सचिवालय बैंठक प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती नभएपछि २० गतेलाई सारिएको छ । बुधबार दिउसो १ बजेका लागी बोलाइएको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएनन । ओली नआएपछि अर्का अध्यक्ष प्रचण्डले बैठक २० गतेका लागी सार्ने प्रश्ताव गरे ।
सो प्रश्तावको पक्षमा ओलीपक्षका नेताले त सहमती जनाएनै तर प्रचण्डपक्षका माधव नेपाल र झलनाथ खनालले भने प्रचण्डको प्रश्तावको प्रतिवादनै गरे । प्रधानमन्त्री वा अरु कोही नआउँदैमा बैठक रोक्नुपर्नाको कारण माधव–झलनाथले गरे । पार्टीमा देखिएको अन्र्तविरोधले नेकपा फुट नजिक पुगेको छ ।
मंगलबार बसेको सचिवालय बैठकमा ओली र प्रचण्डको आरोप प्रत्यार नेपविचमै सकिएको थियो । पार्टीमा प्रचण्डले आफुमाथी लाल्छनायुक्त प्रश्ताव पेश गरेको भन्दै ओलीले सो प्रश्ताप खारेज गर्न माग गरेका छन भने प्रचण्डपक्षले दुबै प्रश्ताव तल्ला कमिटिहरुमा पठाउने अडान राखेका छन । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रचण्डले बैठक सार्ने प्रश्ताव गरेपछि पुर्व एमालेकै माधव नेपाल र झलनाथ खनालले विरोध नै गरे ।
मंगलबारको बैठकमा पुर्व एमाले एक ठाउमा आउन नसोच्न प्रधानमन्त्रीलाई चेतावनी दिएका नेता माधव नेपाल ओलीप्रति थप आक्रामक बनेका छन । आगामी बैठक २० गतेनै बालुवाटारमा १ बजे बस्ने जनाइएको छ । सो बैठकमा ओलीलाई अनिवार्य उपस्थिती जस्तै भनिएको छ । नेकपाको पार्टी एकता हुँदा दुबै अध्यक्षको सल्लाह र उपस्थितीमा महासचिवले बैठक बोलाउने विधान बनाइएको छ ।
विधानलाई मिचेर बैठक बस्न नमिल्ने ओली पक्षका नेता ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले गरेपछि प्रचण्ड व्याक भएका हुन । आज ओलीबिनै बैठक बसेको भए पार्टी फुट नजिक पुग्ने ओलीपक्षको आसंका थियो । नेकपामा अहिले उपाध्यक्ष बामदेव गौतम चुपचापप्राय छन भने नेपाल–खनाल ओलीप्रति क्रद्ध देखिएका छन । माधव नेपालले पनि प्रचण्डको बुई चढेर विगतको पेलाईबाट छुटकार पाउन चाहेका छन । ओलीले पार्टी अध्यक्ष भएपछि विगतमा प्रचण्डलाई साथ लिएर नेपाललाई पेल्ने काम गरेका थिए ।