एकै दिन १ हजार ६ सयले बढ्यो सुनको भाउ ,चाँदी २० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन १ हजार ६ सयले बढेको हो । हिजो सुन तोलामा ५ सयले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुनको मूल्य ९२ हजार १५० कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढ्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।