दाहाल-नेपाल पक्षको भेला सुरु, बामदेव र बादल गएनन् « Arthapath.com
६ पुष २०७७, सोमबार

दाहाल-नेपाल पक्षको भेला सुरु, बामदेव र बादल गएनन्



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा सुरु भएको छ । भेलामा दाहाल र नेपालसहित सांसदहरु पुगेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि बैठकमा सहभागी भएका छन् ।

दाहाल र नेपाल पक्षका ९० भन्दा बढी सांसदहरु संसद भवनमा भेला भएका छन् तर यद्यपि गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष बामदेव गौतम भने उपस्थित भएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्