प्रधानमन्त्री ओलीले थपे यी मन्त्री, रायमाझीलाई उर्जा थापालाई खानेपानी, (यस्ताे छ नयाँ मन्त्रीहरूकाे नामावली) « Arthapath.com
१० पुष २०७७, शुक्रबार

प्रधानमन्त्री ओलीले थपे यी मन्त्री, रायमाझीलाई उर्जा थापालाई खानेपानी, (यस्ताे छ नयाँ मन्त्रीहरूकाे नामावली)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना नयाँ मन्त्री थपेर मन्त्रीपरिषद पुर्नगठन गरेका छन । पार्टीमा असहमती राख्दै अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले एकैपटक राजिनामा दिएको १ साता नवित्दै मन्त्रीपरिषद पुर्नगठन गरेका हुन ।

प्रधामनत्री ओलीले शुक्रबार साँझ पाँच जना नयाँ मन्त्रीहरु थप गरी आजै सपथ ग्रहण गराएका छन । ओलीले पुर्व माओवादीबाट आफुलाई साथ दिन आएका ५ जनालाइनै मन्त्री बनाएका हुन । ओलीलाई साथ दिएका टोपबहादुर रायमाझीलाई ऊर्जामन्त्री बनाएका ओलीले मणि थापालाई खानेपानी मन्त्री बनाएका छन ।

रौतहटका पुर्व माओवादी नेता प्रभु प्रभु साहलाई श्रममन्त्री, दावा लामालाई शिक्षामन्त्री र गौरीशंकर चौधरीलाई पर्यटन बनाएका छन । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपती विद्यादेवी भण्डारीबाट पद तथा गोपनिएताको सपथ लिइसकेका छन ।


प्रतिक्रिया दिनुहोस्